‘मिक्लाजुङ हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथर मिक्लाजुङ हत्याको वास्तविकता चाँडै सार्वजनिक गरिने बताउनु भएको छ ।

मिक्लाजुङ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको वीभत्स हत्या भएको छ । बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारलाई  विभत्स गरिएको हो ।

‘सामूहिक हत्या सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ’ उहाँले बुधबार राष्ट्रियसभ बैठकमा भन्नुभयो, ‘हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ ।’

मन्त्री थापाले हत्या अनुसन्धानमा सक्दो सहयोग गर्न त्यहाँका बासिन्दालाई आह्वान गर्नुभएको छ । गृहमन्त्री थापाले घटनास्थलमा भििटएका ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा एक जनाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जानकारी दिनुभयो ।

हत्या अनुसन्धानका लागि नेपाल प्रहरीे केन्द्रीय अनुसन्धान ब्युरो टोली घटनास्थल पुगेको छ । घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित अस्पतालमा उपचार भइरहेको छ । मन्त्री थापाले उनको उपचार व्यवस्था मिलाइएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?