बेलायती मन्त्रीद्वारा अध्यक्ष दाहालसँग भेट

ललितपुर । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ ।

ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं ।’

अध्यक्षले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट्याउनुभयो । देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउँदै अध्यक्षले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याउनुभयो ।

बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताउनुभयो ।

उहाँले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…