काठमाडौं ।राजधानीबाट बिहीबार प्रकाशित विभिन्न अखबारले पाँचथर हत्या प्रकरण शीर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा प्रकाशन गरेका छन् भने अन्य फरक फरक समाचारलाई समेत समेटेका छन् ।
बुधबार ‘जनतासमाचार डटकम’मा भागेर बाँचेकी खजुमको अवस्था, वास्तविकता सार्वजनिक नभएसम्म शव नबुझ्ने, मेयरद्वारा कर्मचारी कुटपिट,सिन्धुलीमा बाढी, एकजनालाई बगायो लगायतका राजनीतिक, सामाजिक, आर्थिक र खेलकुद सम्बन्धि समाचार प्रकाशित भए ।
यसरी बचिन् नातिनी शीर्षकमा कान्तिपुर दैनिकले पाँचरथको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति भएको घटनाबाट भागेर बाँच्न सफल भएकी सीता खजुमको समाचारलाई शीर्ष समाचार बनाएको छ ।
मावलीको हत्या भएपछि उनी भागेर आफ्नौ बोजुको घरमा गएर बाँच्न सफल भएको समाचारमा उल्लेख छ । यसैगरी सर्वोच्चले व्यवसायी अर्जेयराज सुमार्गीसँग कर नलिन अन्तरिम आदेश, अमेरिकी राजदूतसँग स्पष्टीकरण राष्ट्रपतिद्वारा विद्येयक फिर्ता शीर्षकका सामाचारपनि पहिलो पृष्टमै समावेश भएका छन् ।
संकटमा सिभिल होम्स शीर्षकमा अन्नपूर्ण दैनिकले सिभिल ग्रुपले सञ्चालन गरेको सिभिल होम्स प्रालिको सम्पत्तिभन्दा दायित्व बढी देखिएको समाचारलाई पहिलो पृष्टमा प्रकाशित गरेको छ ।
समाचारका अनुसार कम्पनी ऋणको साँवाब्याज लेखा परीक्षण प्रतिवेदनअनुसार सम्पत्ति चार अर्ब ३८ करोड ९४ लाख २७ हजार आठ सय ६१ रुपैयाँ छ । दायित्व पाँच अर्ब ७८करोड ७२ लाख ५७ हजार दुई सय ७५ रुपैयाँ दायित्व छ । यसरी कम्पनी १ अर्ब १९ करोड ७८ लाख घाटामा छ ।
यसैगरी अनेक अड्कल पाँचथर हत्या प्रकरण, तिम्रो मेरो माया बराबर शीर्षकका सामाचार पनि पहिलो पृष्टमा समावेश गरिएको छ ।
बिहीबार राष्ट्रपति स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो शीर्षकमा नयाँ पत्रिका दैनिकले राष्ट्रपतिका विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ ।
रातारात सडक पिच भएको देखेर चकित स्थानीय भन्दै थिए ‘विकास निर्माण हुन त ठूलै मान्छे आउनुपर्ने रहेछ ।’ तर बुधबार साँझ परेको पानीले पिच मात्रै होइन् उनीहरुको विश्वास पनि पखालिदियो ।
यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी शीर्षकमा नागरिक दैनिकले साइपाल गाउँपालिकाको यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन्।
कांग्रेसमा उजुरीको पोको खोलियो, कारबाही गर्न हच्किदै अनुशासन समिति शीर्षकमा राजधानी दैनिकले नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा देशभरबाट परेका १२ सय उजुरी उपर कारबाहीको कुनै संकेत देखिएको छैन ।
पार्टीबाटै आएका विभिन्न दबाबका कारण उजुरीमाथि छानबिन गरी कारबाही गर्न अनुशासन समिति हच्किएको स्रोतको दाबी छ ।