काठमाडौं । खाना बाँच्नको लागि अपरिहार्य । तर त्यही खानाले कहिलेकाँही ज्यानै जान सक्छ । पैसा भए पसलमा सबै थरी खानेकुरा पाइन्छ । तर पाएँ भन्दैमा खानाका परिवार मिलाएर खान नजान्दा वा मिसाएर खानै नहुने परिकार अज्ञानताको कारण मिसाएर खाँदा त्यसले निर्कै असर पार्छ । अझै कतिपय परिकार। त मिसाएर खाँदा तत्कालै ज्यान जान सक्छ ।
आयुर्वेदलाई पूर्वीय दर्शनमा औषधि विज्ञानको जननी मानिन्छ । आयुर्वेदमा केही परिकार मिसाएर वा सँगसँगै खान नहुने उल्लेख गरिएको छ ।
यी हुन् मिसाएर खानै नहुने परिकार
१, पाकेको कटहरसँग पोलेको मकै, दुध र घिउ खानु हुँदैन । कटहरसँग यी चिज आए पेट फुलेर तत्कालै मृत्यु हुन सक्छ ।
२, पाकेको मेवा र करेलासँगै खान हुँदैन । यी परिकार मिसाएर वा सँगै खाए तत्कालै जान खान सक्छ ।
३, दुधसँग दही, नून, कागती, तित्री र अन्य फल मिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।
४, दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानु हुँदैन ।
५ घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।
६ पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।
७ मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैमा तताएर पनि खानु हुँदैन ।
८, मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक आहार मानिन्छ । मुला र दुध सँगै खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।
९, माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।
१०, खिर खाएपछि सातु वा सातु फिटेका पानी खानु घातक मानिन्छ ।
११, काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ ।
१२, तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ । दही मही र जाँड रक्सी सँगै खानु हुँदैन ।
१३, खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जान सक्छ । यी २ खानेकुरा कहिल्यै पनि नमिसाउनु उत्तम हुन्छ ।