Logo मंसिर ९, २०७७ मंगलबार


भोट नदिएको भन्दै वडाध्यक्षले घर भत्काइदिएपछि…

सनिउल्ला धोबी
कपिलवस्तु । विजयनगर गाउंपालिका वडा नं ७ गणेशपुरका एक स्थानीयले भोट नदिएको भन्दै वडाध्यक्षले आफ्नो नयाँ घर भत्काइदिएको आरोप लगाएका छन् । सडक निर्माणको क्रममा आफ्नोमात्र घर भत्काइएपछि पर्शोहीका शिवप्रसाद यादवले यस्तो आरोप लगाएका हुन् ।

‘मेरो मात्र घर सडकमा पर्दैन, यहाँ अधिकांश घरले अलि–अलि सडक मिचेका छन् तर वडा अध्यक्षले मेरै घर भत्काइदिए अब के गरौँ ?’ पीडित यादव भन्छन्, ‘घर भत्काउँदा मोबाइलमा भिडियो खिचेको थिएँ, पुलिसले मोबाइल लग्यो, ३ दिनपछि फिर्ता गर्दा मोबाइलमा केही सामग्री रहेनछ ।’

प्रहरीको आडमा आवाज उठाए थुन्दिन्छु भन्दै आफूहरुको घर भत्काइएको स्थानीय जगदिशप्रसाद चौधरीले बताउनु भयो । वडा अध्यक्ष दिनेश चौधरीले अधिकांश नागरिकको घरबास नै भत्काएपछि स्थानीयहरु घरबारविहीन भएका छन् ।

वडाध्यक्ष चौधरीले मानपुर, पर्शाेहीया र गणेशपुरको करिब दुई दर्जन भन्दा बढी घरमा डोजर चलाएपछि चौधरीप्रति स्थानीय रुष्ट बनेका छन् । एक–दुई फुट सडकको जग्गा मिचेको भन्दै प्रहरीको बलमा वडाअध्यक्षले घर–घरमा डोजर चलाएको पीडितहरुको आरोप छ ।

यता वडा अध्यक्ष दिनेश चौधरीले सडकको जग्गा कब्जा गरी बनाइएको घरमा डोजर चलाएको बताएका छन् । उनले भने गाँउको सहमतिमा सडक निर्माण गर्नका लागि केही घरमा डोजर लगाइएको स्पस्ट पार्नुभयो । अध्यक्ष चौधरीले विकास निर्माणको काममा बाधा गर्ने व्यक्तिले आफूमाथि आरोप लगाएको जिकिर गर्नुभयो । आफुले कसैलाई पुर्वाग्रह नराखी काम गरेको वडाध्यक्ष चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।