Logo असार ४, २०७८ शुक्रबार


‘शिक्षालाई स्तरीय बनाउन पाठ्यक्रम परिमार्जन आवश्यक’

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षामा प्रणालीसँंगै पाठ्यक्रम पनि  परिवर्तन गर्नुपर्ने बताउनुभएको छ   । पूर्व प्रधानमन्त्री खनालले काठमाडौंमा शनिबार अन्तरक्रियामा मुलुकको शिक्षा परिवर्तित पद्धति र प्रविधियुक्त हुनुपर्ने उल्लेख गर्नुभयो हो ।

‘नेपालीहरु वर्षेनी ठूलो संख्यामा उच्चशिक्षाकै लागि बाहिरिने गरेका छन्’ उहाँले भन्नुभयो, ‘मुलुकमा शिक्षा स्तरीय, प्रविधियुक्त परिवर्तित पद्धति अनुसार नहुँदा अध्ययनका लागि बाहिरिनु परेको हो । ने्पालीहरु शिक्षाको बाहिरिनु पर्दा नेपालबाट पैसा समेत विदेशमा गएको छ । अब हामीले त्यसलाई रोक्ने प्रयत्न गर्नुपर्छ । त्यसको लागि देशभित्रै स्तरीय शिक्षाको व्यवस्था गर्न आवश्यक छ ।’

पूर्व प्रधानमन्त्री खनालले शिक्षा क्षेत्रमा अहिले पनि विभिन्न खालको चुनौती रहेको दर्शाउनुभयो । ‘शिक्षा क्षेत्रमा अझै पनि विभिन्न खालका थुप्रै समस्या छन्, चुनौती छन्’ उहाँले भन्नुभयो,  त्यसलाई क्रमिक रुपमा समाधान गर्दै जानुपर्छ । नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्छ ।’


पूर्व प्रधानमन्त्री खनालले २०४६ सालपछि शिक्षाको संख्यात्मक विकास भए पनि गुणात्मक हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…