महोत्तरी । एनआईसी एसिया बैंकले सोनमा गाउँपालिका–३, रघुनाथमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालमा ल्याएको छ ।
बर्दिबास उप प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले आइतबार बैकिङ्ग सेवाको उद्घाटन गर्नु भएको हो ।
गाउँमा बैकिङ्ग सेवा सञ्चालन भएपछि दुर्गम क्षेत्रमा बैकिङ्ग कारोबारको विकास हुने बैंकले विश्वास लिएको जनाइएका छ ।
सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
मुलुकभर गरी बैंकको २ सय ८३ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन् काउण्टर तथा २८ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेको छ ।