गृह मन्त्रालयमा आपूर्तिमन्त्री यादवको उजुरी

मोरङ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गृह मन्त्रालयमा उजुरी दिनुभएको छ । मन्त्री यादवले गृहमन्त्रालयमा चिनी उद्योगविरुद्ध उजुरी दिनुभएको हो ।

मन्त्री यादवले सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुराकानीमा ‘चिनी उद्योगीले उखु किसानको वक्यौता रकम फिर्ता नगरेको भन्दै’ आफूले गृह मन्त्रालयमा निवेदन दिएको जानकारी गराउनुभयो ।

‘नेपालको इतिहासमा किसानको पक्षमा एउटा मन्त्रीले गृह मन्त्रालयमा निवेदन दर्ता गराएको यो पहिलो घटना हो’ उहाँले भन्नुभयो, ‘किसानको रकम भुक्तानी गराउन पहल गरिदिन गृहमन्त्रालयमा निवेदन दिएको छु । त्यसबारेमा केही दिनपछि गृहसँग जानकारी माग्छु ।’

मन्त्री यादवले उखु किसानको वक्यौता फिर्ता गर्न आफूले चिनी उद्योगीलाई धेरै पटक आग्रह तर उनीहरुले बेवास्ता गरेको सुनाउनु भयो । ‘उखु किसान मारमा पर्दै आएका छन् तर उद्योगीहरुले सरकारलाई नै टेरेका छैनन्’ उहाँले भन्नुभयो, ‘सरकारले गोरखकाली रबर उद्योग र हेटौंडा कपडा उद्योग सञ्चालनको वातावरण बनाइरहेको छ । थोरै लगानी गर्दा चल्न सक्ने अवस्थामा रहेका उद्योगहरु चलाएर उत्पादन बढाउने योजना छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।