ट्रान्समिटर बोकेको ट्रिलरमा करेन्ट लाग्दा २ जनाको मृत्यु

पुष्पराज अधिकारी
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको कोगटेखोला नजिक कुइन्टारमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

बाग्मतीको पानी प्रयोग गरी विधुत उत्पादनको तयारीमा रहेको सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि ट्रान्समिटर बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रिलरले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा करेन्ट सर्ट भएको थियो ।

टिलर सिस्नेरीको कुइन्टारमा बाटोमा रहेको पोलको तारमा ट्रान्समिटरले छोएपछि ड्राइभर र सहचालकलाई करेन्ट लागेको थियो । उनीहरुलाई बचाउन जाँदा जेसिबी चालकलाई समेत करेन्ट लागेको हो । चालकदलका दुबैजनाको मृत्यु उपचारको क्रममा भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सिन्धुलीको तीनपाटन ९ बस्ने जेसिबी चालक २८ वर्षको बीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका ७ का टिलर चालक ३५ वर्षीय विशाल तामाङले जीवन गुमाएको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घटनामा तीनपाटन ९ बस्ने २५ वर्षीय गोपाल रमौली र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत घाइते भएका छन् । उनीहरुलाई अवस्था गम्भीर छ । उनीहरुलाई काठमाडौं लगिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…