‘जनता भड्काउने छुट कसैलाई छैन’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने छुट कसैलाई नभएको बताउनु भएको छ ।

अध्यक्ष दाहालले गन्तव्य नेपालद्धारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मुलुकको इतिहास र प्रकृतिले दिएका सम्पदाको सदुपयोग गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो । मुलुकको प्रकृति, विविधता र त्यसभित्रको शान्दार एकता मुलुकको समृद्धिका लागि अति उपयोगी रहेको उहाँको भनाई छ । उहाँले विकास निर्माणको कामलाई छिटोभन्दा छिटो गति दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको स्पष्ट पार्नुभयो । उहाँले गौतम बुद्धको नेपाली भूमिलाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धन गरेर अघि बढने योजना अघि सार्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…