‘मुलुकलाई समाजवादमा पुर्याउने दायित्व कम्युनिष्टको काँधमा’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको विकास गर्ने जिम्मा जनताले वामपन्थीलाई सुम्पिएको बताउनु भएको छ ।

‘जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुको काँधमा सुम्पिएका छन्’ उहाँले बुधबार गणतन्त्रको शुभकामना दिँदै भन्नुभएको छ, ‘वामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु हाम्रै जिम्मेवारी हुन आएको छ । इतिहासले सुम्पिएको यस गाैरवपूर्ण  जिम्मेवारीलाई वहन गर्नु हाम्रा लागि अवसर र चुनौति दुबै हो ।’

अध्यक्ष दाहालले शुभकामनामा मुलुक जनचाहना अनुसार रुपान्तरित भएको उल्लेख गर्नुभएको छ । ‘मुलुकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो’ उहाँको सन्देशमा भनिएको छ, ‘जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलुकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको छ । संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त गरेका छन् । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । सम्पूर्ण कम्युनिष्टहरुका लागि प्रेरणाको विषय हो ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…