Logo मंसिर ११, २०७७ बिहीबार


मिनिट्रकले म्याजिकलाई ठक्कर दिँदा एककाे मृत्यु, १२ घाइते

राजबिराज । सप्तरीमा मिनिट्रकले यात्रुवाहक म्याजिकलाई ठक्कर एककाे निदन हुनुका साथै १२ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ कुशहामा भएको दुर्घटनामा एककाे निधन र  १२ जना घाइते भएका हुन् ।

सुरूङ्गा-५ की ६५ वर्षीय हदिसा खातुनको मृत्यु भएको हाे। गम्भीर घाइते खातुनकाे लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे जनाइएकाे छ ।

 

पूर्वबाट पश्चिमतर्फ गईरहेको ना १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउदै गरेको को १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते सवैलाई उपचारको लागि सिरहाको लहान पठाइएको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।

मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…