Logo मंसिर १४, २०७७ आइतबार


विकसित र आधुनिक नेपाल सरकारको चाहना : प्रम ओली

पोखरा । प्रधानमन्त्री केपी ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताउनुभएको छ ।

नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले देश विकासको अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

‘स्काउटले दक्षता, योग्यता, अनुशासन र देशभक्तिपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्कउटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ ।’

नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भूभाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘हामी युवाहरुलाई सक्षम बनाउनु चाहन्छौ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन, उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तिको थलो बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'