Logo मंसिर १४, २०७७ आइतबार


‘लालगेडी जस्ता थिए रविन्द्र’

कास्की । प्रधानमन्त्री केपी ओलीले दिवंगत रविन्द्र अधिकारीलाई लालगेडी जस्तो भएको बताउनु भएको छ ।

शनिबार पोखरामा ‘रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ को उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘आँखामा राखे पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी ।’

‘मैले रविन्द्रलाई २०३९ सालमा चिनेदेखि जतिपल्ट भेटेँ नमुस्कुराएको चेहरा कहिल्यै देखिन, जस्तै समस्या आएपनि हँसिलो मुहार उनको पहिचान थियो’ ओलीले भावुक हुँदै भन्नुभयो, ‘रविन्द्रले जीउँदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन्, मरेपछि कसैका आँखा पनि आँसुबिनाका भएनन् ।’

दिवंगत अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउन लागेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'