काठमाडाैं ।
राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
आइतबार जनता समाचार डटकम मा ‘दम्पती हत्या प्रकरण स् घटनाका घाइते नाति अझै अचेत, पूर्वमन्त्री राईले भने, ‘डर धम्की र लोभले पार्टी प्रवेश गरेको होइन्’, राजपाको आक्रोश– लोकसेवा आयोगले संविधान मान्ने कि नमान्ने ?, ‘जनमतको चरम दुरुपयोग’ धोबिघाटमा भयानक दुर्घटना, पत्रकारसहित दुईको मृत्यु लगायत समसामयिक समाचार प्रकाशित भएका थिए ।
डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली शीर्षकमा नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन् । प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो ।
भ्याट उठाउन कसिकसाइ शीर्षकमा अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ । मूल्य अभिवृद्धिकर (भ्याट) को बक्यौता बढ्दै गएपछि सरकारले ठेकेदारलाई भुक्तानी दिनेले ५० प्रतिशत राजस्व कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । पाँच लाखभन्दा माथिका निर्माण ठेक्का लिन भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको समाचारमा उल्लेख छ ।
पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही शीर्षकमा राजधानी दैनिकले समाचार छापेको छ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ ।
विप्लव समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रुपमा गतिविधि सञ्चालन गर्दै आएको समाचारमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीको युरोप भ्रमण जेठ २५ बाट शीर्षकमा गोरखापत्र दैनिकले समाचार छापेको छ । प्रधानमन्त्री केपी ओली जेठ२५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको थियो ।