Logo मंसिर ११, २०७७ बिहीबार


हातेट्याक्टर र लुगा सिउने मेसिन वितरण

बझाङ । वित्थडचिर गाउँपालिका वडा नम्बर ७ कार्यालयले कृषि समुहलाई हातेट्याक्टर र गरिब विपन्न परिवारलाई लुगा सिलाउने मेसिन वितरण गरेको छ ।

किसानहरुको सहजताका लागि वडाले पाँचवटा कृषि समुहलाई हातेट्याक्टर वितरण गरेको वडाध्यक्ष प्रशाद बहादुर बिष्टले बताए ।

यस्तै गाउँपालिकाले त्यहाँका १८ दलित परिवारलाई १८ वटा लुगा सिउने मेसिन वितरण गरेको छ । मेसिन पाएपछि दलित समुदायका अगुवाहरुले खुसी व्यक्त गर्दै वडाध्यक्षलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।