Logo मंसिर ९, २०७७ मंगलबार


वडाको विवादले बनेन बाटो

प्रिमेश शिवाकोटी
रौतहट । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ७ र ८ हुँदै गुजरा नगरपालिका जोड्ने बर्षाै पुरानो बाटो हालसम्म नबन्दा आवतजावतमा समस्या भएको छ ।

चन्द्रपुर ८ को बनरझुला हुँदै चन्द्रपुर ७ को नागिन्टोल र गुजराको दयालपुर जोड्ने सडक बिस्तार हुन लागेको दुई वर्ष पुग्न लाग्यो । तर, अहिलेसम्म यो सडकमा ग्राभेलसमेत हुन सकेको छैन ।

यत्रतत्र माटोका थुप्रो र खाल्डा भएको भएपनि नगरपालिकाले वास्ता नगरेको स्थानीय नारायण पौडेल बताउँछन् । सडकको अवस्थाका कारण दैनिक सयौंको संख्यामा साना तथा ठूला सवारी साधन कुद्ने गरेको सडकमा दुर्घटनाको सम्भावना बढ्दो रहेको उहाँको भनाइ छ ।

चन्द्रपुर ७ का वडाध्यक्ष विष्णु उप्रेतीले सडक वडा नम्बर ८ मा पर्ने भएकाले ८ नम्बरले बनाउनुपर्ने भन्दै पन्छिए । उनले आफ्नो वडामै नपर्ने सडकमा बजेट हाल्न नमिल्ने भन्दै नगरपालिकाको कार्यालय र नगरप्रमुखको ध्यानकर्षण गराउन सुझाव दिए ।

उता वडा नम्बर ८ का वडाध्यक्ष पासपत चौधरीले बाटो वडा नम्बर .८ मै पर्ने बताउँदै सबै बाटो एकैपटक बनाउन नसकिने स्पस्ट पारे । उनले अहिले अरु बाटोहरुमा बजेट गएकोले एकै चोटी सबै बाटो बनाउन नसकिने बताउनुभयो ।

चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले वडा नम्बर ७ र ८ का वडाध्यक्ष राखेर अर्काे बजेटमा बाटो निर्माण गर्न लगाउने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।