Nic

पक्की पुल नै रातारात चोरी भएपछि…

काठमाडौ । रुसको आर्कटिक क्षेत्रमा रहेको ७६ फिट लामो, ५६ टन तौलको पुल रातारात हराएको छ । तस्बिरमा देखिएजस्तै पुलको बीचको भाग एकाएक हराएको हो । पुलमा हराएको भाग न त नदिमा देखिएको छ न आसपास कतै । अहिले रशियामा यो तस्बिर भाइरल भएको छ ।

पुल आसपासका मानिसहरुले पुलको बीचको भाग चोरी भएको बताएका छन् । त्यसपछि प्रहरीले पुलको खोजी शुरु गरेको छ । रुसको मरमंस्कमा भएको यो घटनाबारे कसैलार्ई पनि थाहा नभएको पाइएको छ । पुल १६ मे मा चर्किएको थियो, त्यसपछि यो पुल भएर मानिसहरुले यात्रा गर्नै छाडेका थिए ।

हराएको पुलको तस्बिर २६ मे मा सार्वजनिक भएको हो । कतिपय मानिसले पुल भत्किएपछि नदीले बगाएको बताएका छन्, भने कसैले चोरी भएको अनुमान गरेका छन् । नदीमा पानीको बहाव ठूलो नभएका कारण पनि पुल बगाएको अनुमान निराधार हुन्छ ।

अहिले प्रहरीले घटनाको बारेमा छानबिन गरिरहेको छ । प्रहरीले कसैलाई पनि थाहा नदिई पुल बनाउनेले पुलको चर्किएको भाग हटाएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…