-नरेश न्याैपाने
हिजो मध्यरातिनिदै परेनवश शैशवकालका यादहरुकोबाछिट्टाले भिजाइरह्यो
सामुन्ने ढोकैमायादहरु ठिंग उभिएका थिएमेरा दौंतरीभन्दा अघित्यो धागोको चुँगी छोएछु,सखाहरुसँग कुसारी नै नगरीवर्णन गरेछु कि,मैले कति धेरै चुँगी खेल जितेँ
हिजोको रातशैशवकालको यादकाबाछिट्टाहरु सपनामा आए
सम्झनाको झ्यालमैअतीतहरु खनिन थालेपछिसायद मैले चुँगी झैँपोल्टाभरी काफल र ऐँसेलु सम्झिनुपथ्र्योतर अचम्म !मैले सम्झिएछु किअँगालोमा गुथिएकी तिमीलाई ।
हिजोको रातशैशवकालको यादकाबाछिट्टाहरु सपनामा आए ।
हृदयको डिलमायादको हूरी चल्न थालेपछिसायद मैले फेरि पनितीनै चुँगी, काफल र ऐँसेलु साेध्नुपर्थ्याे होलाकस्तो अफसोच !मैले नियालिरहेछु कि,तिम्रै त्यो आठ कक्षे नजर ।
हिजोको रातशैशवकालको यादकाबाछिट्टाहरु सपनामा आए ।
धेरै पछि,मेरा भोगाइको उकालोमायिनै अतीतको जम्काभेट भयोमन कति चङ्गा बन्यो कतितर जब तिमी गायव भइछौआँखाहरु त झल्याँस्सझ्यालको चम्किलो सूर्यमा पो बजारिए ।