छोराको रहर

लघुकथा

-चन्द्रमणि पोखरेल

तीन तीन वटी छोरीहरु तामाका मुना झैँ थिए । पढ्न नि अब्बल, कक्षामा सधैँ पहिला हुन्थे । घर नै उज्यालो थियो, हिरा सरको ।

गाउँका जल्दाबल्दा युवा नेता , त्यसमा पनि मा.वि का प्र.अ. पत्नी नि सामाजिक कार्यकर्ता । फेरि कुन्नी कसको रहर या बाध्यता हो ? हिरा सर कि पत्नी दुई जिउ कि भइछन, जस अर्थमा छोरीहरु तरुनी तरुनी थिए, उनिहरुका अगाडि सरम त थियो नै तर छोरीहरु बुझ्ने नै थिए ।

नयाँ युग नयाँ प्रविधिबाट उनको गर्भ जाँच गर्दा छोरा नै भएको जानकारी पाएर हिरा सरको भुइँमा खुट्टा थिएन । पत्नी पनि खुशी नै थिइन ।समय सँगसँगै हिरा सरकि पत्नी अस्पताल भर्ना भइन् ।

आमाको उमेर अलिक बढी भएकाले डाक्टरले नर्मल डेलिभरी नहुने जनाएपछि अप्रेसनका लागि पैंसा जम्मा गरे हिरा सरले । छोराको मुख हेर्न पाउने भएँ भनेर हिरा सर गमक्क थिए । पैसा त जति नि खर्च गर्थे, छोराका लागि हिरा सर ।

बेलुका अप्रेसन भयो । अप्रेसन कक्षबाट बाहिर निस्कँदै हिरासरलाई डाक्टरले बधाई दिए छोरा भएकोमा । तर कसरी यस्तो भयो हँ ? भन्दै डाक्टरले हिरा सरलाई प्रतिप्रश्न गरे । गर्भ अवस्थामा राम्रो हेरबिचार गर्नु भएन कि क्या हो ? के भयो र डाक्टर साब ? शङ्कापुर्ण भावमा हिरा सरले डाक्टरलाई सोधे ।

खोइ अरु त केही भन्न सकिन्न, तर तपाईको नवजात शिशुको कुनै अंग छैन जस्तो लाग्छ । बाँकी त तपाईको छोरा हो आफै हेर्नुहोस । हिरा सर उफ भनेर खुइ काढ्दै भुइँमा थचक्क बसे । अनि गहिरो शंका लागेर हिरा सरले आफ्नो नवजात शिशुलाई हेरुँ की नहेरुँ भनी दोधारमा परे।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…