Logo फाल्गुन १३, २०७७ बिहीबार


सिडियाेले सार्वजनिक कार्यक्रमबाटै सञ्चारकर्मी निकाले, मन्त्रीकाे कार्यक्रम बहिस्कार

विद्यानन्द राम
राजविराज । जनप्रतिनिधिहरुले सूचना दिन अनाकानी गरिरहेको चौतर्फी चर्चा भईरहेको वेला सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले सार्वजनिक कार्यक्रमबाटै सञ्चारकर्मीहरुलाई निकाल्नु भएको छ ।

शनिवार राजविराज स्थित सिडिओ निवासमा आयोजित कार्यालय प्रमुखसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको अन्तरक्रिया कार्यक्रमबाट सञ्चारकर्मीहरु निकालिएका हुन् । नितिगत समस्याले कार्यालय सञ्चालन गर्न चुनौतीपूर्ण भईरहेको प्रमुखहरुले कुरा राख्नै लाग्दा सिडिओले सञ्चारकर्मीहरुलाई कार्यालयबाट बाहिर जान भन्नुभएको हो । मन्त्री यादवको समेत उपस्थिति रहेको कार्यक्रममा सञ्चारकर्मीलाई सूचनाको हक तथा नागरिकलाई मौलिक हकबाट वञ्चित गराएपछि मन्त्रीको अर्को कार्यक्रम पनि बहिष्कार गरिएको छ ।

शनिबारनै मन्त्री यादवको इद पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम रहेको छ । सञ्चारकर्मीलाई सार्वजनिक महत्वका विषयमा भईरहेको अन्तरक्रियाबाट निकाल्नु मुलुककै लागि दुर्भाग्य रहेको नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ ले सूचनाको हकलाई नागरिकका मौलिक हकको रूपमा व्यवस्थित गरेको छ भने मौलिक हकलाई प्रचलित गर्न सूचनाको हक सम्वन्धित ऐन २०६४ र सूचनाको हक सम्वन्धि नियमावली २०६५ कार्यान्वयनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…