स्यानेटरी प्याड बनाउने तालिम

बलवीर भुजेल
सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक संगठनले दश सामुदायिक विद्यालयमा अध्यापन गराउने २० शिक्षिकालाई स्यानेटरी प्याड बनाउने तालिम दिएको छ । रजस्वला भएको समयमा छात्रा विद्यालयमा नआउने, विद्यालयमा भएको समयमा छात्रालाई असहज हुने भएकाले कतिपयले बीचमा पढाई छोड्ने र पढाईमा असर परेपछि स्यानेटरी प्याड बनाउने तालिम दिएको हो ।

रजस्वला भएको समय किशोरी अध्ययनका लागि नियमित विद्यालय उपस्थित होउन् भन्ने उद्देश्यले नेपाल राष्टिय शिक्षक संगठन कमलामाई नगर समिति सिन्धुलीको आयोजनामा स्यानेटरी प्याड निर्माण तालिम तथा प्रयोग सम्बन्धी एकदिने कार्यशाला सञ्चालन गरेको हो ।

प्याड पुनः प्रयोग गर्न मिल्ने खालको र वातावरणमैत्री र गरिब छात्राले पनि सजिलै र सस्तैमा बनाउन सकिन्छ ।

प्रत्येक सामुदायिक विद्यालयका दुईजना महिला शिक्षिका सहभागि भएका थिए । तालिममा सिकेका कुरा विद्यालयका विद्यार्थीले नै निर्माण र प्रयोग गर्ने विधिबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय शिक्षक संगठन, कमलामाई नगर समितिका अध्यक्ष रामेश्वर दाहालले जानकारी दिनुभएको छ ।

दाहालका अनुसार रजश्वला भएकी एक छात्रालाई महिनामा १६ वटा स्यानेटरी प्याड आवश्यक पर्छ, जसको मूल्य एक सय पचास रुपैयाँ पर्ने तथा वर्षमा दुई हजार मूल्या बराबरको प्याड आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…