Logo माघ १४, २०७७ बुधबार


प्रधानमन्त्री कपको उपाधि नेपाल पुलिसलाई

काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।

शनिवार कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई चार विकेटले हराउँदै उपाधि उचालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३३ ओभर तीन बलमा १ सय २५ रनमा अलआउट भएको थियो भने पुलिसले ४० ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो ।

आर्मीका लागि राजु रिजालले ३२ र सोमपाल कामीले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए । जसमा रोहित पौडेल १८ र भीम सार्की २० रनमा पेभेलियन फर्किए । पुलिसका पवन सरार्फ र ललितनारायण राजवंशीको कसिलो बलिङले आर्मीका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए भने ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे । अर्को तर्फ पुलिसको सुरुवात भने राम्रो हुन सकेन, दुई रनमा पहिलो विकेट गुम्यो भने ५४ रनमा दोस्रो विकेट झर्यो । त्यसपछि ७५ रनमा तेस्रो तथा ७६ रनमा चौथो विकेट गुमाउन पुग्यो ।

पुलिसका अनिल साह मात्र दुई रनमा आउट भए भने अमित श्रेष्ठले ४४ रन बनाएका थिए । अमीत र सुनील धमलाले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी भएको थियो । तर त्यसपछि आरिफ शेख मात्र ६, पवन सराफ एक र दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुन पुगे ।

त्यसपछि फेरी कुशल भुर्तेललाई ६ रनमा गुमाएपछि पुलिसले छैटौ विकेट गुमायो । पुलिसका लागि सुनील धमलाले अविजीत ४२ रन बनाए । अन्तिममा पुलिसका कप्तान मञ्जित श्रेष्ठले ११ रन जोडे । बलिङमा आर्मीका करण केसीले तीन तथा साहब आलमले दुई विकेट लिएका थिए ।

यता उपाधि विजेता पुलिसले नगद २० लाख पुरस्कार पनि पाएको छ । उप विजेता भएको आर्मीले १० लाख रुपैयाँ पाएको छ । राष्ट्रिय खेलकूद परिषद राखेपको आयोजना तथा व्यवस्थापनमा भएको प्रधानमन्त्री कपमा सात वटा प्रदेश र तीन विभागीय गरि १० टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभयाे ।

जनजातीहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने थापाकाे भनाइ छ ।

प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि बताउनुभयो।