शब्द–रहरको ४९औं भागमा मुक्तककार काफ्ले

काठमाडौं। जब शब्दमा कलाको सम्मिश्रण हुन्छ तब शब्दले कविता, मुक्तक, गीत, गजल जस्ता साहित्य सिर्जनाका विभिन्न बान्कीमा रुपधारणा गर्छ । यिनै सिर्जनाका विभिन्न बान्कीहरुका बीच पोखिए रौतहटमा रहि मुक्तक बिधामा कलम चलाइरहेका प्रखर स्रष्टा हरिकृष्ण काफ्ले ।

कमजोरलाई सताएर बेइमान र खुनी बाँच्छ
लाचारीमा एउटा जीवन गधाको जुनी बाँच्छ
सबलाई समान न्याय गर्ने एउटा ईश्वर हुन्छ भन्थे
या उ होला पक्षपाती या त आँखा थुनी बाँच्छ

विगत लामो समयदेखि नेपाली साहित्यको श्रीवृद्धिमा लागि परेको ‘शब्द-रहर साहित्य अभियान’ को नियमित रचना वाचन कार्यक्रमको ४९औं श्रृङ्खलामा अतिथि कविको रुपमा आमन्त्रित काफ्लेले दर्जनौं मुक्तक सुनाएका थिए । उनले फाकीहरुद्वारा उपस्थित चार दर्जनभन्दा बढी फरकफरक बिधामा कलम चलाउने सर्जकहरुलाई मन्त्रमुग्ध पारे । उनले नेपाली वाङ्मयमा मुक्तकको भूमिका र औचित्य पनि पुष्टि गर्न भ्याए ।

अतिथि कविको विषयमा स्रष्टा रत्न बिरही घिमिरेले थप स्पष्ट पारेका थिए । काफ्लेले सिर्जना गरेको मुक्तिकिलो मुक्तकले माहोललाई थप रोमान्चक बनाएको थियो ।

कार्यक्रममा कवि हेम प्रभाश, रत्न बिरही घिमिरे, धरणीधर गुरागाईं, भवानीमैया पन्त लगायतले दमदार कविता प्रस्तुत गरेका थिए । शान्ती शर्मा, बासुदेव ठकुरी, श्रीधर पाण्डे, मनोहर पाण्डे, बेनीबहादुर थापा लगायतका स्रष्टाहरुको सुमधुर गजल, अन्चल बान्तवा, प्रकाश बस्नेत गफाडी, राजेन्द्र घिमिरे सागर, बद्री उप्रेती, उदास कार्की, शिबराम खड्का, उत्तम विचार लगायतका स्रष्टाहरुका चोटिला मुक्तकले कार्यक्रमलाई थप ओझिलो बनाएको थियो ।

अभियन्ता कृष्ण कीसुद्वारा सहजीकरण गरिएको कार्यक्रमको अध्यक्षता अभियानका सल्लाहकार श्रीहरी फुँयालले गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।