प्रक्रिया विपरीतका अस्पताल र क्लिनिक बन्द गर्न निर्देशन

सिरहा । स्वास्थ्य कार्यालयले प्रक्रिया विपरीत सञ्चालन भइरहेका निजी स्वास्थ्य संस्थालाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा बेवास्ता गरेपछि जिल्लाका ८ अस्पताल र ६ पोली क्लिनिकलाई बन्द गर्न निर्देशन दिएको हो ।

लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाइन हस्पिटल केयर प्रा.लि. लहान –३, फेण्डस हस्पिटल लहान ४, कामना नर्सिङ होम, ४, सगरमाथा मोडेल हस्पिटल प्रा.लि. गोलबजार –८, चोहर्वा, माँ धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया नविकरण बिना संचालन भइरहेका छन् ।

त्यसैगरी आदित्य मेडि केयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रा.लि. छपराडी र सहलेश पोली क्लिनिक मिर्चैया पनि नविकरण बिना संचालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिए पनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्वन्धी निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्वन्धित कार्यालयमा जानकारी गराउन पत्राचार जिल्ला स्वास्थ्य अधिकृत उमेश लाल कर्णले जानकारी दिनुभयो । उहाँले नियम विपरीत संचालनमा रहेको सवै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र संस्था बन्द गरी जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरिसकिएको जानकारी गराउनु भयो ।

स्वास्थ्य संस्था नविकरणबारे छलफल गर्न २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारी जिल्ला स्वास्थ्य प्रमुखसहितको बैठक बसेको थियो र बैठकले नविकरणको लागि २ महिनाको समय तोकेको थियो ।

यता निजी स्वास्थ्य संस्था संचालकले भने स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएका छन् । उनीहरुले स्थानीय तहको कार्यविधि अनुसार १५ शैयाको अस्पतालको नविकरण गर्ने अधिकार र त्यही प्रावधान अनुसार नविकरण भइरहेको उल्लेख गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।