Nic

मुख्यमन्त्री पौडेल डिस्चार्ज

पुष्पराज अधिकारी
हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल उपचारपछि अस्पतालबाट आइतबार घर फर्कनुभएको छ ।  मुख्यमन्त्री पौडेल मुटुमा समस्या आएपछि जेठ १९ गते शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना हु्नुभएको थियो ।

नियमित स्वास्थ्य परिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उहाँको एनजिओप्लाष्ट गरिएको थियो । एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हो । अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको थियो ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि प्रदेशका महत्वपूर्ण कार्यक्रममा एकसाता स्थगित छन् । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौंडामा हुने भनिएको प्रदेश समन्वय परिषद् बैठक समेत स्थगित गरिएको थियो ।

जेठ २९ र ३० गते हेटौंडामा हुने परिषद्को बैठकमा सहभागि हुन मुख्यमन्त्री पौडेल मंगलबार हेटौंडा आउने प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । परिषद बैठक मुख्यमन्त्रीको अध्यक्षतामा बस्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…