दुई घण्टामा चार दुर्घटना, पाँचजनाको मृत्यु

फाइल तस्बिर

काठमाडौं । करिब २ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । आइतबार बेलुका साढे ७ बजेदेखि साढे ९ बजेको अवधिमा सिन्धुली, ललितपुर, उदयपुर र बाजुरामा भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।

सिन्धुलीको मरिण गाउँपालिका–२ मुङग्रेस्थित सडकमा अनटेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–४ मरुवा बस्ने २३ वर्षीय सुकमा जिम्वा र सोही गाउँपालिका–३ बस्ने १४ वर्षीय सागर माझीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१४ एकान्तकुनास्थित सडकमा बा ८८ प ९७५० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं स्वयम्भू घर भई ललितपुर ग्वार्को बस्ने ४५ वर्षीय कृष्णवीर नकर्मीको विएण्डवि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं कीर्तिपुर नगरपालिका–३ बस्ने १९ वर्षीय बिराज श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उदयपुरको कटारी नगरपालिका–११ स्थित सडकमा बा ३ ख ४१३० नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक सोलु नेचा बस्ने सुजन भण्डारीको घटनास्थलमै भएको छ । यसैगरी बाजुरा, जगन्नाथ गाउँपालिका–१ पिलुचौरस्थित बजारमा भे–१ त ९४३१ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी स्वामीकार्तिक गाउँपालिका–३ जुकोट घर भएका रेशम शाहीकी ९ वर्षीया छोरी प्रतिक्षा शाहीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…