Nic

लोकसेवा : ९१६१ पदपूर्ति अनिश्चित

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।

सोमबार जनता समाचार डट कम मा मन्त्री महासेठ चढेको गाडी खोलामा पल्टियो,गुठी विधेयक खारेज गर्न तीव्र दबाब, लोकसेवाको विज्ञापनमा सरकारले हस्तक्षेप गर्दैन,वृद्ध–वृद्धालाई सिरकडसना बितरण, प्रशिक्षक राणा भुटान जाँदै, माइतीघर धरपकडप्रति संसदमा कांग्रेसको ‘अब्जेक्शन’ र प्राइम बैंकका शेयर धनीलाई बोनस शेयर लगाएतका समाचारहरु प्रकाशित गरिएका थिए ।

राजधानी दैनिक ले लोकसेवा आयोगको विज्ञापन प्रकरणले संसदीय समिति र सरकारबीच टकराव बढाएको चर्चा गर्दै मुख्य समाचार प्रकाशन गरेको छ । समाचारमा करारमा राजनीतिक कार्यकर्ता भर्ना गरी स्थायी नियुक्ति दिलाउन चलखेल गर्न खोजिएको, लोकसेवालाई बदनाम गरी स्थानीय तहलाई भर्ती केन्द्र बनाउने षड्यन्त्र गर्न खोजिएको र करारमा कर्मचारी भर्नाको कानुनी आभार नै नभएको जस्ता विषयहरु उठाइएका छन् ।

नागरिक दैनिक ले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिक समाचार बनाएको छ । समाचार अनुसार समितिको निर्देशन आयोगले कार्यान्वयन गरे विभिन्न पदमा फारम भरेका ७३ हजार १ सय १३ युवाको भविष्य अन्यौलमा पर्ने उल्लेख छ । यस्तै, पत्रिकाले कपिलवस्तुमा साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण भएको समाचारलाई पनि आफ्नो मुल समाचार बनाएको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकले लोकसेवा विज्ञापन रद्द गर्न गरिएको निर्देशनबारे कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा अयोगले प्रकाशन गरेको सूचनामाथि सरकारले हस्तक्षेप नगर्ने बताउनुभएको समाचारलाई प्रमुख समाचारमा समेटेको छ ।

मन्त्री पोखरेलले संवैधानिक निकायले संविधानको व्यवस्था अनुरुप गर्ने कामहरुमा कार्यपालिकाले हस्तक्षेप नगर्ने बताउनुभएको हो । प्रदेश तहमा लोकसेवा आयोग गठन हुने संविधानको व्यवस्था भएपनि प्रदेशहरुमा लोकसेवा आयोग नबनेको हुँदा स्थानीय तहमा कर्मचारीको आवश्यकता पुर्ती गर्न आयोगले सूचना प्रकाशन गरेको मन्त्री पोखरेलले स्पष्ट पार्नुभएको समाचारमा उल्लेख छ । यस्तै, मियो बिनाका दल समाचार शीर्षकमा नेकपामा थरीथरी अभियान र कांग्रेस नेतामाथि प्रश्नैप्रश्न उपशीर्षकमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलको संगठनात्मक अस्तव्यस्तताबारे मसिनो विश्लेषण गरेको छ ।

कान्तिपुर दैनिक ले लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनमा मुलुकभरका ७७ जनाले आवेदन दिइसकेको भएपनि संसदीय समितिले रद्द गर्न निर्देशन गर्दा ९१६१ पदपूर्ति अनिश्चित बनेको समाचारलाई प्रकाशित गरेको छ । समाचार अनुसार विज्ञापन रद्द गर्ने निर्देशनप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।