उपसचिवले गरे १२ कक्षामा पढ्ने छोरी बलात्कार, आमा गुपचुप

काठमाडौं । सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ । नेपालको परिस्थितिमा यो घटना प्रतिनिधि मात्रै हो तर पछिल्लो समय बाहिरिएको बलात्कारको यो घटनासँग सामाजिक विकृतिको विकराल रुप झल्किएको छ । एक जिम्मेवार बाबुले विदेशका उदाहरण दिँदै छोरीलाई बारम्बार यौन शोषण गर्नु कहाँसम्मको अन्याय ?यो घटनाले समाजलाई स्तब्ध बनाएको छ । अनुसन्धानपछि धेरै बिषय खुल्दै जालान्, घटनाको प्रारम्भिक स्वरुपमा किशोरीकी आमाले समेत ममता गुमाएकी छन् ।

घटना के थियो ?
ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । नाम खुलाइएको छैन । उनी नेपाल सरकारका उपसचिव तहका अधिकारी हुन् ।महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको जोहरीमा उल्लेख गरिएको छ ।उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै छोरीलाई सम्बन्धकालागि बाध्य पार्थे ।

छोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका कर्मचारीविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।यता, परिवारकै बेइज्जती हुने भएकाले ती किशोरीकी आमाले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि बुबाको हर्कत नरोकिएपछि बाध्य भएर जाहेरी दिएको पीडितको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…