शिखर धवनको औँलामा चोट, यी दुई खेलाडीले पाउन सक्छन् चान्स

काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनको औँलामा लागेको चोटका कारण विश्वकपको दुई खेल नखेल्ने भएका छन् ।

उनलाई ९ जुनमा अस्ट्रेलियासँग भएको खेलमा कुल्टर नाइलको बलले लागेको थियो । शिखरको चोट निको हुन कति समय लाग्छ अहिलनै भन्न सकिने अवस्था नरहेको उनको फिजियोथेरापिस्टले बताएका छन् ।

अहिले नै भारतको क्रिकेट बोर्ड बीसीसीआईले शिखरको स्थानमा कसलाई राख्ने घोषणा गरिसकेको छैन । औँलामा लागेको चोटका कारणपनि उनले अस्टेलियाविरुद्ध १ सय ९ बलमा १ सय १७ रन बनाए । व्याटिङ पुरै गरेपनि फिल्डिङको लागि उनले पूरै समय दिन सकेनन् । उनको स्थानमा रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए ।

यदि शिखर धवन पूरै विश्वकप नै खेल्न नसक्ने भएमा भारतीय विस्फोटक ब्याट्सम्यान ऋषभ पन्त वा अम्बाती रायडुले चान्स पाउन सक्ने भारतीय मिडियाहरुको आकलन छ । भारतको अर्को खेल १३ तारिखमा न्यूजिल्याण्डसँग र त्यसपछि १६ तारिखम पाकिस्तानसँग छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।