महोत्तरी–धनुषा जोड्ने पुलमा ५० भ्वाङ

                                              बनेको ९ महिनामै भत्किन थालेको रातु पुल

सिन्धुली । महोत्तरी र धनुषा जोड्ने रातु पुल बनेको ९ महिनामै भत्किन थालेको छ । पुलकोबीचबीच भ्याङ परेर भत्किन थालेको हो । २ सय ५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा ५० भन्दा बढी भ्वाङ छन् ,पुल कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेको हो । पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

२०७६ पुससम्ममा निर्माण गर्नुपर्ने पुल एक वर्ष ४ अघि नै सम्पन्न हुँदा सबैबाट प्रशंसा भएको थियो । तर प्रयोग भएको ९ महिनामै भ्वाङ परेपछि त्यस ठाउँका जनप्रतिनिधि झेस्किएका छन् ।‘धमाधम काम गरेर तोकिएको अवधि अगावै पूरा गर्दा खुशी थियौं’ बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भने, ‘तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।’

पुरानो पुल भासिएपछि अर्को पुल निर्माणका लागि २०७३ साल असार २९ गते कम्पनीले ठेक्का पाएको थियोे । पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको भासिएको थियो । त्यसपछि २४ करोड ६० लाख रुपैयाँमा नयाँ पुल निर्माण गरिएएको हो ।

निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले भने पुल स्तरीय रुपमै बनाएको दाबी गरेका छन् । रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ परेको उनको भनाई छ । ‘हामीले रातदिन खटेर गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेर नै पुल बनायौं’ उनले भने, रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल पदार्थ बढी प्रयोग गरेछ । त्यही केमिकलले पिच उप्केर भ्वाङ परेको हो ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…