श्रम सम्झौता : निःशुल्क जान पाउने

काठमाडौं ।  नेपाल र मौरिससबीच श्रम सम्झौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मौरिससबीच मंगलबार राति सम्झौता भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच श्रम सम्झौता भएको हो।

सम्झौता अनुसार नेपाली कामदार बिना शुल्क आकर्षक गन्तव्य मुलुक मौरिसस जान पाउने भएका छन्। नेपाल र मौरिससबीच मंगलबार राति भएको श्रम सम्झौता अनुसार कामदारको छनोट तथा भर्नामा लाग्ने सबै शुल्क रोजगारदाताले नै तिर्ने तय भएको छ।

श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालका अनुसार मन्त्री विष्ट र लेबनान र साउदी अरबका श्रम तथा सामाजिक विकास मन्त्री अहमद विन सलमान अलराझीबीच मंगलबार छलफल भएको छ।

ती देशसँग पनि श्रम सम्झौताको प्रक्रिया अघि बढेको छ। यसैबीच युएईसँग यहीँ ३१ गते मन्त्रीस्तरीय श्रम सम्झौता हुदैँ छ। , समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…