Nic

नेपाल आउने हवाईको भाडा अत्यधिक महँगो किन ?

काठमाडौं । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । तर, नेपाल आउने हवाई भाडा अत्यन्त महँगो भएकाले पर्यटक सस्तो गन्तव्यतर्फ मोडिने गरेका छन् । संसारकै जुनसुकै स्थानबाट छिमेकी भारतको दिल्लीको तुलनमा काठमाडौं आउने यात्रुले डेढ गुणासम्म बढी भाडा तिर्नुपरिरहको छ । महँगो हवाई भाडाकै कारण नेपाली पर्यटन बजार प्रभावित बनेको छ ।
यस कारण भाडा महँगो ?
१ .हवाई इन्धन नै प्रतिलिटर भारत भन्दा ३९ रुपैयाँ महँगो

हवाई भाडामा इन्धनको हिस्सा ४० प्रतिशत हुन्छ । नेपालमा हवाई इन्धनको मूल्य उच्च भएकाले भाडा पनि महँगो भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम बताउँछन् ।

२. टर्मिनल एयरर्पोट, ग्राउन्ड
ह्यान्डलिङ शुल्क उच्च
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टर्मिनल हो, अर्थात कुनै पनि क्षेत्रबाट आउने विमानका लागि यो अन्तिम गन्तव्य । यस्ता विमानस्थलमा भाडादर महँगो हुने विज्ञहरु बताउँछन् ।
३. कमजोर राष्ट्रिय ध्वजाबाहक
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका सेवा भरपर्दो नभएको र क्षेत्र विस्तार गर्न नसकेकोले पनि भाडा महँगो हुन गएको केही व्यवसायीको बुझाइ छ ।, नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…