Nic

बाँदरको आक्रमणबाट महिला गम्भीर घाइते

पाल्पा । तानसेन नगरपालिका –१३ छेर्लुङ्गमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

घर नजिकैको ठूलापोखरा भन्ने स्थानमा खेतमा काम गर्दै गरेको अवस्थामा एक्कासी बाँदरले आक्रमण गर्दा स्थानीय ३३ वर्षीया कमला खरेल गम्भीर घाइते भएकी हुन् ।

करिब डेढ÷दुई सयको संख्यामा आएको बाँदरको समूहले खेतमा काम गर्दै गरेकी कमललाई आक्रमण गरेको स्थानीय खड्कबहादुर केसीले जानकारी दिनुभयो ।

बाँदरको आक्रमणबाट गम्भीर घाइते भएकी कमलाको दुबै खुट्टामा गहिरो चोट लागेको छ ।

यस अघि पनि सोही गाउँमा बाँदरको आक्रमणमा परि दुई महिला घाइते भएका थिए । पछिल्लो समय पाल्पामा बाँदर आंतकका घटना एकपछि अर्काे गरि बढिरहेका छन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।