कैदीले श्रीमतीसँगै विष पिए

रविन्द्रसिंह ठकुरी
नेपालगन्ज । कारागारमा एक कैदीले विष सेवन गरी आत्महत्या गरेका छन् । नियमित चेकजाँचका लागि भेरी अञ्चल अस्पताल पुगेका बाँके जानकी गाउपालिका–३ का २५ वर्षीय सुनिलकुमार तिवारीले अस्पतालको शौचालयमा विष सेवन गरेका हुन ।

तिवारीसँगै बिष सेवन गरेकी उनकी श्रीमतीको गम्भीर अवस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

नेपालगन्ज कारागारका जेलर भरत पाण्डेका अनुसार तिवारीले आफ्नै श्रीमतीको सहयोगमा विष सेवन गरेका थिए । मृतक तिवारी २०७५ बैशाख ३ गते लागूऔषध ब्राउन सुगरको मुद्दामा थुनुवाको रुपमा कारागार आएका थिए ।

जेलर पाण्डेका अनुसार तिवारीलाई अस्पताल उपचारको लागि लगेको बेलामा तिवारीकै श्रीमतिले अस्पतालको शौचालयमा पहिला आफुले विष सेवन गरी तिवारीलाई शौचालयमा राखेको संकेत दिएकी थिइन ।

शौचगर्न गएका तिवारीले लामो समयसम्म ढोका नखोलेपछि प्रहरी शौचालयको ढोका फोडेका उनलाई बाहिर निकालेको थियो ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…