नेकपा सिन्धुलीमा गुटबन्दी, नेपाल समूहको नाममा छुट्टै बैठक

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीमा चरम गुटबन्दी शुरु भएको छ । जिल्ला नेतृत्व एकल ढङ्गले चलेको भन्दै  निर्वाचन क्षेत्र कमिटी र स्थानीय तहसम्मकाे एकता छिनोफानो नहुँदैगुटबन्दी शुरु भएको हो ।

पार्टीको जिल्ला अध्यक्ष लेखनाथ दाहाल ‘राजन’ र सचिव प्रदिप कटुवाल छन् । राजन विघटित माओवादी पक्षका हुन् । त्यस्तै एमाले पक्षबाट सचिव बनेका कटुवाल अध्यक्ष केपी ओली निकट मानिन्छन् । उनी एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । अध्यक्ष र सचिव चयनपछि अहिले जिल्ला कमिटी सदस्य सिफारिस गरिसकेका छन्  । जिल्ला सदस्य अध्यक्ष र सचिवको सिफारिसको आधारमा प्रदेश कमिटीले तोक्ने व्यवस्था छ ।

एमाले पक्षको भागमा पर्ने सदस्यमा सचिव कटुवालले मनोमानी गरेको केही नेताहरुको आरोप छ । एमालेका केही जिल्ला नेताले सदस्य सिफारिसमा सचिव कटुवालले सल्लाह नै नगरी मनोमानी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको नाममा छुट्टै बैठक समेत गरेका छन् । नेपाल पक्षले पार्टीको संगठित सदस्य सिफारिसमा समेत मनोमानी भएकाे आरोप लगाएको छ ।

जिल्ला अध्यक्ष र सचिवले केन्द्रबाट अन्तरपार्टी निर्देशन(अपानी) नआउँदै स्थानीय तह कमिटी र संगठित सदस्यबारे मनोमानी ढंगले निर्णय गरिएकाे नेपाल पक्षको भनाई छ ।

यद्यपि वरिष्ठ नेता नेपाल भने गुटबन्दीमा सक्रिय हुनुहुन्न तर उहाँको नाममा विभिन्न ठाउँमा गुटबन्दी भइरहेको छ । सिन्धुली पनि त्यस्तै भएको छ । विगतमा एमालेभित्र ओली र नेपाल पक्षको नाममा मुलुकभर गुटबन्दी हुँदा सिन्धुलीमा नेपाल पक्ष बलियो थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…