विमान अपहरणको धम्की दिने व्यापारीलाई यति ठूलो जरिवाना

नयाँदिल्ली । विमान अपहरणको धम्की दिने व्यक्तिलाई आजीवन कैदको सजाय सुनाइएको छ । भारतीय विशेष एनआइए अदालतले मुम्बईको एक व्यापारीलाई विमान अपहरणको धम्की दिएको अभियोगमा आजीवन काराबासको सजाय सुनाएको हो ।

कैदसँगै पाँच करोड भारु (आठ करोड नेपाली रुपैयाँ) जरिवाना समेत तोकिएको छ ।

उक्त जरिवानाबाट आएको रकम विमानका चालक दलका सदस्य तथा यात्रुहरुलाई बाड्न समेत अदालतले आदेश दिएको छ । उक्त रकम त्यो बेला विमानमा सवार यात्रुलाई बाडिनेछ । विशेष एनआईए न्यायाधीश केएम दवेले व्यापारी बिरजु सल्लालाई यस्तो कडा सजाय सुनाएका हुन् ।

अक्टोबर २०१७ मा विमान अपहरणको घटना भएको थियो । विमानमा सवार सल्लाले अंग्रेजी तथा उर्दु भाषामा लेखिएको धम्की मुम्बईबाट दिल्ली गईरहेको ९ डब्लु ३३९ विमानको ट्वाईलेटमा टिश्यू पेपर बक्समा राखेका थिए ।

उनीमाथि एकदमै कडा कानून मानिएको विमान अपहरण रोधी कानून २०१६ अनुसार मुद्दा दर्ता गरिएको थियो । यो कानून १९८२ को पुरानो कानूनलाई प्रतिस्थापन गर्न बनाईएको थियो । नयाँ बनेको कानून अनुसार कारवाही गरिएको सल्ला पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…