Nic

मन्त्रालयको खर्च घटाउन प्रतिनिधिसभामा प्रस्ताव हुने

काठमाडौं । प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबार बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित विधेयकबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सांसद राजेन्द्रकुमार के.सी.ले ‘विनियोजन विधेयक, २०७६ अन्र्तगत वन तथा वातावरण
मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौती प्रस्ताव गर्ने कार्यसूची छ ।

त्यस्तै अर्का सांसद प्रेम सुवालले ‘विनियोजन विधयेक, २०७६ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षि विकास मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी प्रस्ताव गर्न्ुहुनेछ ।
बैठकमा सांसद दुर्गा पौडेलले पनि ‘विनियोजन विधेयक, २०७६ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षि विकास मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्” भनी प्रस्ताव गर्ने कार्यसूची तय भएको छ ।

त्यस्तै सांसद मिनबहादुर विश्वकर्माले ‘विनियोजन विधेयक, २०७६ अन्र्तगत कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकम एक रुपैयाँ कायम गरियोस्’ प्रस्ताव गर्नुहुनेछ ।

सांसद उमा रग्ेमीले पनि ‘विनियोजन विधेयक, २०७६ अन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितिबिरुद्ध खरो उत्रने शैलजा आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजीनामा नेपाली राजनीतिमा उदाहरणीय…

केही जिल्ला नेताले सदस्य सिफारिसमा सचिव प्रदिप कटुवालले सल्लाह नै नगरी मनोमानी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको नाममा…

देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…