Nic

मोहनबिक्रमसँग मनका कुरा

–सइन्द्र राई

मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला । नेपाली उखान प्रयोग गर्दै ‘सूर्यको अगाडि दियोको उज्यालो’जस्तै पनि भनिएला । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनका रथीहरूले आदर्श मानेका यी महारथीलाई ८४ वर्षको उमेरमा फेरि एक पटक महासचिव पदमा निर्विरोध चयन भएकोमा लालसलाम ।

तर, सलाम मात्रै गरेर चुप रहनलाई हृदय भित्रभित्रै सुनामी बनिसकेका केही थान प्रश्नहरूले साथ दिएनन् । र, लेख्नु परेको छ– मोहनबिक्रमसँग मनका कुरा । यो आलेखमा शास्त्रीय तर्क कम गरिने छन् । त्यसैपनि नयाँ पुस्तासँग पुरानाका तुलनामा इतिहास छोटो हुन्छ र इतिहासका ज्ञान/अनुभव पनि धेरै हुन्नन् । बस्, उनीहरूसँग इतिहास बुझ्ने औधी भोक हुनसक्छन् र भविष्यको चिन्ता ज्यादा हुन्छ ।

यो आलेख पनि भविष्यकै चिन्ताका खातिर हुन् । आधुनिक नेपाली राजनीतिको निकट इतिहासको पृष्ठभूमि र वर्तमान तथ्यको आलोकमा सोधिन केही प्रश्नका लागि हुन् ।

नेकपा (मसाल)को आठौं महाधिवेशन भूमिगत तवरले सम्पन्न गर्ने प्रयास गरेका मोहनविक्रम सिंह पाँचौं पटक निर्विरोधि महासचिव चयन भएको तथ्य छिप्न सकेन । उसैपनि, सिंहले आफूलाई ‘अर्धभूमिगत छु’ भन्नुपर्ने वस्तुस्थितिबारे नै नेपाली कम्युनिष्ट आन्दोलनले बहसको आवश्यकता ठानेको पाइदैन । सिंह आफैंले ‘अर्धभूमिगत’ भनेपछि यसबारे आपत्ति नजनाइएकाले पनि यो पाटोबारे बहस नभएको हुन सक्छ । त्यो सिंहकै रोजाइका विषय हुन् । धेरैको टाउको दुखाइ भएन ।

तर, जब ८४ वर्षको उमेरमा पनि पाँचौ पटकका लागि आफैं महासचिव चयन हुनेगरी जस्तो प्रकारको बातावरण सिर्जना गरे र तर्क गरियो । यसले भने नयाँ पुस्तालाई पक्कै चिन्तित बनाएको छ । किनभने, मोहनबिक्रम सिंहलाई देखाएर अन्य कम्युनिष्ट र गैर–कम्युनिष्टका पाका पुस्ताका नेताहरूलाई बोल्नका लागि सजिलो बाटो खुलेको छ । अव, उनीहरूबाट सुनिनसक्छन्– मेरो उमेर अझै उहाँ (मोहनबिक्रम)को जति भएको छैन, मैले किन सक्रिय राजनीति नगर्ने ?

तर्ककै लागि तर्क गर्नेहरूलाई मोहनबिक्रमले गतिलै उदाहरण बनेर देखाइदिए । तर, वर्तमान नेपालको तथ्यलाई एक पटक राम्ररी नियालियो भनेपनि मोहनबिक्रमलाई मात्रै देखाएर पुग्नेवाला छैन । बरू, अहिले नेपाली राजनीति जुन ट्र्याकमा हिडिरहेको छ । त्यो ट्र्याक नै परिवर्तन गर्नुपर्ने हुन्छ । किनभने, निकट राजनीतिक इतिहासले गर्नुपरेको संघर्षका कारण र वर्तमान नेपालको चित्र बेग्लै छ ।

पहिले, निकट विगतका राजनीतिक संघर्षका कारणबारे संक्षेपमा चर्चा गरौं– हामीले ७०/८० वर्षे संघर्षबाट समान चरित्रका तर, फरक नामका दुई शक्तिशाली व्यवस्थाको अन्त्य गरेका छौं, राणाशासन र राजतन्त्र । यी दुवै व्यवस्थामा जहानीय शासन चल्थ्यो । एउटाको निधनपछि मात्रै अर्काेलाई नयाँ राजा बन्ने अवसर आउथ्यो । एकपछि अर्काे उत्तराधिकारी भएर आउनेहरूबाट सयौं वर्ष करोडौं नेपाली शासित थिए । तर, विभिन्न नामका जनवाद÷लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण संघर्षबाट ती दुवै व्यवस्था भत्काएर बनेको नयाँ नेपालको जगमा विद्यमान दल, नेता र नेतृत्व प्रणाली क्रियाशील छन् ।

दोस्रो, नेपालको जनसांख्यिक आँकडा र औसत आयुबारे कुरा गरौं । जनगणना २०६८ अनुसार, नेपालमा १४ वर्ष मुनिका ३४.६ प्रतिशत, १५–६५ वर्ष उमेर समूहका ६१ प्रतिशत र ६५ वर्ष माथिका ४.४ प्रतिशत जनसंख्या छ । यो तथ्यको आधारमा नेपाल युवाहरूको अत्याधिक बाहुल्यता भएको देश हो । जनसंख्याका व्याख्याकारहरुका अनुसार, यस्तो संयोग र अवसर इतिहासमा थोरै देशले मात्रै युगौंमा एक पटक प्राप्त गर्न सक्छन् । त्यस्तो स्वर्णीम अवसर नेपालसँग छ ।

२०७४ कै निर्वाचनमा पनि रोहितले अपरचित नयाँ अनुहार (२४ वर्षीया सिर्जना सैंजु) लाई सांसद बनाइरहँदा मोहनबिक्रमले आफ्नै कान्छी श्रीमती ४६ वर्षीया दुर्गा पौडेल (जो, ७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनिन्) लाई वाम गठबन्धनको उम्मेद्वारमार्फत् सांसद बनाए 

अव, धेरैतिर नभौतिरिकन यी दुई तथ्य सम्झे मात्रै पनि मोहनबिक्रम सिंहको नयाँ अनुमोदन अस्वीकार हुन्छ । ८४ वर्षे उमेरका सिंहको अनुमोदनलाई प्राकृतिक मान्न सकिदैन । सिंहको विकल्प नभएर अथवा नेतृत्व र ज्ञानको असाधरण क्षमता भएकाले पाँचौ पटक महासचिव बन्नु भयो भन्न सकिएला । तर, कोही व्यक्ति ८४ वर्ष पुगेपछि चिनजानका सवै आफन्त भेला भएर ‘चौरासी पूजा’ गरी उत्सव मनाउने हाम्रो समाज र ९५ प्रतिशत बढी ६५ वर्ष मुनिका जनसंख्या भएको देशले यस्तो तर्कसँग सजिलै चित्त बुझाउने देखिन्न । अर्कातर्फ, नेपालीको औषत आयु भर्खरै मात्रै ७० वर्ष पुगेको छ ।

फेरि यो आलेखको चिन्ता, मोहनबिक्रम सिंहको मात्र हुँदै होइन । मोहनबिक्रम हिडेकै बाटो भएर हिड्ने प्रवृत्ति र चिन्तनको जसरी ताँती देखिन थालेको छ । यसले त, लोकतन्त्रको समेत उपहास गर्ने दुष्प्रयास गरिदैछ । प्रणाली लोकतान्त्रिक भएपनि निष्कर्ष अलोकतान्त्रिक हुँदै गएको छ । अहिले नेपालका राजनीतिक दलहरूको नेतृत्व गर्ने नेताको उमेर ६५ वर्ष भन्दा माथि छ र लामो समय नेतृत्वमै रहेकाहरू छन् । अर्थात्, ४.४ प्रतिशत जनसंख्या मात्रै हाम्रा नेताहरूले बाँचिरहेको उमेर समूहभित्र पर्छन् । यो त डरलाग्दो र नयाँ पुस्तालाई झस्काउने तथ्य हो । देशमा त फेरिपनि बिस्तारै राणा/राजतन्त्रमा जस्तै अत्याधिक अल्पमतबाट शासन चल्ने अवस्था बन्दै गएको सपाट चित्र हो ।

यस्तो प्रवृत्तिबाट त बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतन्त्रलाई ठूलो खतरा हुन्छ । किनभने, नेतृत्व शासकीय विषय पनि भएकाले एउटै मानिसलाई जीवनभर अनुमोदन गरिरहने र नेता मानिरहने धैर्यता कमैसँग मात्रै हुन्छन् । राजतन्त्र अथवा राजतन्त्रसँग मिल्दोजुल्दो शासनशैली संसारभर असफल हुँदै जानुको प्रमुख कारण यिनै हुन् । एउटै व्यक्तिलाई (भगवान बिष्णु सम्झेर) पुजिरहने, सुनिरहने र बुझिरहने कुरा आधुनिक समाजले मान्न छोडिसक्यो । समय गतिशील हुने भएकाले तत् समाजको नेतृत्वमा पनि परिवर्तन खोज्नु वैज्ञानिक विषय नै हुन् ।

शुरूमै लेखिसकेको छु– यो आलेखमा दुनियाँका इतिहास, सिद्धान्त र पात्रहरूको प्रशंग उठाइदिन । माओ त्से तुङ, महात्मा गान्धी, नेल्सन मण्डेला र बुद्धहरूको पनि चर्चा गर्दिन । यदि, आवश्यक परे छुट्टै लेखौंला । तर, निकट नेपाली राजनीतिक इतिहास र वर्तमान पुस्ताको जिज्ञासामा भने केही नेपाली उदाहरण अवश्य सान्दर्भिक हुनेछ । मोहनबिक्रमले मार्गदर्शन मानेको माक्र्सवादकै आलोकमा व्यवस्था बदल्न हिडेका सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, भरतमोहन अधिकारीहरूले उमेरकै कारण सक्रिय राजनीतिबाट अवकाश लिएको उदाहरण हामीसँग नभएको होइन ।

नेपाली कम्युनिष्ट आन्दोलनमा अग्लै कायाँधारी नारायणमान बिजुक्छे ‘रोहित’को २०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका बेला खुबै प्रशंसा गरिए । लगातार निर्वाचन जित्दै आएका रोहितले नयाँ पुस्तालाई आफ्नो स्थान हस्तान्तरण गरिदिनु प्रशंसाको कारण थियो । हरेकजसो निर्वाचनमार्फत् नयाँ र युवा नेतृत्व जन्माइरहेका रोहितको बिपरीत सन्देश मोहनबिक्रमले दिएका छन् । २०७४ कै निर्वाचनमा पनि रोहितले अपरचित नयाँ अनुहार (२४ वर्षीया सिर्जना सैंजु) लाई सांसद बनाइरहँदा मोहनबिक्रमले आफ्नै कान्छी श्रीमती ४६ वर्षीया दुर्गा पौडेल (जो, ७० सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनिन्) लाई वाम गठबन्धनको उम्मेद्वारमार्फत् सांसद बनाए ।

अवसरमा आफन्त च्याप्ने र बाँचुञ्जेल आफैं नेता बन्ने मोहनबिक्रमको प्रवृत्ति अन्य दलहरूमा पनि प्रशस्त मात्रामा देखिन थालेका छन् । युवा पुस्ताले ‘आई हेट पोलिटिक्स्’ भन्नुमा मोहनबिक्रम प्रवृत्ति नै प्रमुख समस्या रहेकोमा दुईमत नहोला ।

अन्त्यमा, थोरै संख्याका तर, धेरैको मन जितेकाहरूको उद्गार र सन्देश सम्झन्छु । सायद, उचित पनि छ । कुनै बेला आफ्नो उमेर छँदा राष्ट्रिय राजनीतिमा नेतृत्वदायी पंक्तिमा रहेर उमेरकै कारण अवकाश लिएकाहरूको उद्गारको सार छ– मानिस बृद्ध हुँदै जाँदा शरीरमा उर्जा घट्न थाल्छ । उर्जा घट्दै गएपछि चिन्तन क्षमता र हिम्मतमा ह्रास आउँछ । आरामको आवश्यकता बढ्छ ।

नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनदेखिका साक्षी र सहभागी सिद्धिलाल सिंहले पाँच वर्ष अगाडि सार्वजनिक मञ्चबाट भनेका थिए– अझैपनि सक्रिय राजनीति गर्ने रहर छ, तर रहरले मात्रै हुँदैन । अहिलेको पुस्ताको भाषा र गति उनीहरूले नै बढी बुझ्छन् ।

अर्का पात्र, जसलाई धेरै नेपाली कम्युनिष्टले आदर्श मान्छन् । तिनै मोदनाथ प्रश्रितले कुनै अन्तर्वार्तामा भनेका थिए– धार्मिक ग्रन्थका पात्रहरू हाम्रै पुर्खाका नाम र प्रवृत्ति हुन् । प्रश्रितको ऐतिहासिकताको अध्ययन सार, तिनैका पुस्ताका नेताहरूका लागि बढी उपयुक्त छन् । किनभने, आजको यो समाज निर्माणका हस्तीहरू आउनेवाला पुस्ताका लागि सम्मानित र संस्मरणयोग्य पात्र बन्ने यो ऐतिहासिक अवसर पनि हो ।

त्यसैले मोहनविक्रम र तिनकै बाटो हिड्न खोजिरहेका बाजे कमरेडहरूसँग विनम्रतापूर्वक आग्रह छ– नयाँ युगका लागि सम्मानित पात्र बन्नुहोस् । जीवन रहेसम्म शासनमा रमाउने औसत राजा बन्ने रहर त्याग्न ढिलाई नगरिदिनुहोस् । यो आजको युगको आवाज पनि हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…