चम्पादेवी माविका छात्रामा अनौठो रोग

सिन्धुली । तीनपाटन गाउँपालिका–६ मा रहेको चम्पादेवी मावि गडाम्रेमा छात्राहरुमा एक्कासी अज्ञात रोग देखा परेको छ ।

विद्यालयका कक्षा ६ देखि १० सम्मका ७ जना छात्राहरुमा अज्ञात रोग देखिएको विद्यालयका प्रधानाध्यापक कुलबहादर थापाले जानकारी दिनुभएको छ ।

उनीहरु मध्ये ४ जना छात्राको जिल्ला अस्पतालम उपचार भइरहेको र बाँकी तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

छात्रामा पटक–पटक मुर्छा हुने, बेहोस हुने, काम्ने जस्ता अनौठो किसिमको व्यवहार देखाउने गरेको बताइएको छ ।

विशेषगरि १४/१५ वर्ष उमेर समूहका छात्रामा यस्तो समस्या देखिएको तीनपाटन गाउँपालिका–६ का वडाध्यक्ष बीरबहादुर पुलामीले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…