विदेशबाट फर्किएर भैंसी व्यवसाय

हिमलाल पराजुली
स्याङ्जा । क्यार्न मया मारिछौ सेनीले, क्यार्न मया मारिछौ सेनीले…
क्यार्न मया मारेछौ सानुले, क्यार्न मया मारेछौ सानुले ।

यो गीत बजिरहेकाे थियो पञ्चमुखी कृर्षि फर्म पुग्दा । कोही जङ्गलबाट घाँस लिएर आउँदै थिए त कोही गाई-भैंसी दुहुनमै व्यस्त थिए । मर्फमा पुगेपछि त्यहाँको रमझमले त्यहाँ पुग्ने जो कसैलाई एकछिन् एकटकले उभिएर हेरिरहुँ जस्तो लाग्छ ।

यो अवस्थाको सिर्जना गर्ने व्यक्ति थिए, वालिङ्–१२, पनियारेका युवा कृषक पिताम्मर डुम्रे । जाँगर हुनुपर्छ कामका लागि विदेशिनु पर्दैन भन्ने सन्देश दिन डुम्रे सफल भएका छन् ।

दश वर्ष वैदेशिक रोजगारका लागि साउदीमा विताएर स्वेदश फर्किएका  डुम्रेले २०७१ सालमा पाँचजनाको समूह बनाएर पञ्चमुखी कृषि फर्म दर्ता गरेर भैंसी पालन व्यवसाय शुरु गरेका थिए । बीस लाखको लागतमा दशवटा भैंसीबाट व्यवसाय शुरु गरेका डुम्रेको फर्ममा अहिले चालिस दुहुना भैंसी, बीस जर्सी गाई र चालिस पाडापाडी गरी सयको संख्यामा पुगेका छन् । हालको फर्मको लागत एक करोड ३५ लाख पुगेको डुम्रेको भनाइ छ । ‘शुरुमा समूहमा व्यवसाय शुरु गरेपनि घाटा लाग्यो भनेर सबैले छोडेर गए’, डुम्रेले भने, ‘हाल म एक्लैले यो फर्ममा व्यवसाय सञ्चालन गरिरहेको छु ।’

‘साथीहरुले छोडेर जाँदा मैले पनि छोडेँ भने युवामा नकारात्मक सन्देश जान सक्ने देखेर यो व्यवसायलाई निरन्तरता दिइरहेको छु’, डुम्रेले भने, ‘युवाको आत्मवल बढाउन पनि यो व्यवसायलाई निरन्तरता दिनु आवश्यक देखेँ ।’ फर्ममा रहेका २५ कर्मचारी तथा गाई भैंसीकाे दाना–परालका लागि मासिक ६ लाख खर्च लाग्ने डुम्रेकाे भनाइ छ । सरकारले काम गर भन्ने तर काम गरिरहेका किसानलाई सहयोग नगरेको उनको गुनासो छ । बैंकमा कर्जा माग्न जाँदा बजारको घरघडेरी खोजेको भन्दै ‘कर्जा लिनका लागि पहिला हामीले घर बनाउनु पर्ने हो ? सरकारसँग डुम्रे प्रश्न गर्छन् ।

वास्तविक किसानलाई अनुदानको पछि लाग्ने फुर्सद नहुने बताउँदै डुम्रेले भने, ‘सरकारले दिने भनेको अनुदान टाठाबाठाले मात्रै पाएका छन् वास्तविक किसान मर्कामा परेका छन् ।’ अनुदान भन्दा पनि फर्म धितोमा राखेर बैंकले सहज रुपमा कर्जा दिनु पर्ने उनको भनाइ छ । दैनिक २ सय ३० लिटर दूध उत्पादन गरिरहेका डुम्रेले पाँच रोपनी जग्गामा फर्म सञ्चालन गर्नुका साथै वार्षिक पाँच लाख भाडा तिरेर ९० रोपनी जग्गामा फर्म घाँसकाे खेती गरेका छन् ।

चरनको अभावले दाना र पराल तराईबाट ल्याउने गरेको उनी बताउँछन् । उत्पादित दूध वालिङ र गल्याङ बजारमा बिक्री गर्दै आएका डुम्रे भन्छन्, ‘सडक समस्याले दूध आपूर्तिमा असहज हुने गरेको छ ।’

कृषि पेशामा युवाहरुले रुची देखाए पनि असुरक्षाका कारण ढुक्क हुने अवस्था नरहेकाे उनको भनाइ छ । ‘फर्मबाट मासिक ढेड लाखसम्म आम्दानी गर्न सफल भएपनि चर्को ब्याजका कारण आम्दानीको धेरै रकम ब्याज तिर्नमै खर्च हुन्छ’, डुम्रे भन्छन्, ‘बैंकले सहुलियत ब्याजमा कर्जा दिने हो भने यो पेशालाई विस्तार गरी रोजगारीको दायरसमेत फराकिलो बनाउन सकिन्थ्यो ।’

दूध लिन स्थानीय फर्ममै जाने तथा उत्पादित दूध बजारमा सजिलै बिक्री हुने भएकाले बजारको समस्या नरहेको डुम्रेकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व राजा चुनाव लड्नु भयो भने नेपालको गणतन्त्र सदाकालका लागि संस्थागत हुनेछ ।

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको…

पर्वत । फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ ।…

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी…

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ । मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधान गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।…