ट्रिपरको ठक्करबाट पत्रकार गेलाङ्गको मृत्यु

सुर्खेत । ट्रिपरको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङ्गको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा ट्रिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव गेलाङ्गको घटनास्थलमै मृत्यु भएको हो ।

छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको ट्रिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा आफ्नै साइडमा गुडिरहेको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको खुलेको प्रहरीले जनाएकाे छ । ठक्कर लगत्तै टिप्पर चालकले ब्याक गरेर उनलाई मारेको र चालक फरार रहेको चौलागाईँले बताउनुभयो । टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…