‘गौतमबुद्ध क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्छ’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

राष्ट्रिय गौरवका आयोजना सम्पन्न गराउनका लागि सरकारले नीति तथा कार्यक्रम मार्फत नै व्यवस्था गरेकाले चितवनमा बन्ने रंगशालामा सरकारको सहयोग हुने दाहालले बताउनुभएको हो ।

भरतपुर विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दाहालले जनस्तरबाट संकलन भएको रकमले नपुगेको अवस्थामा सरकारकै सहयोगबाट भएपनि रंगशाला निर्माण गरिने बताउनुभयो । ठूला काम गर्दा सानातिना समस्याहरु आउने भएपनि कत्ति पनि विचलित नभइ त्यस्ता समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्ने दाहालले बताउनुभयो ।

पछिल्लो समय आवश्यक तयारी नगरी विधेयक आउँदा विरोध भइरहेको दाहालले बताउनुभयो । आगामी दिनमा कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने भएकाले  विरोध गरिरहन नपर्ने उहाँको भनाई छ । सदनमा प्रस्तुत भएको मिडिया काउन्सिल विधेयक समेत परिमार्जन हुनेमा आश्वस्त हुन दाहालले आग्रह गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…