Nic

स्थानीय तहले आफूलाई राजा ठाने : मुख्यमन्त्री पौडेल

पुष्पराज अधिकारी
हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका सरकारले आफू त्यहाँको राजा हुँ भन्ने व्यवहार त्याग्न आग्रह गर्नुभएको छ ।

संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने व्याख्या गलत भएको बताउँदै उहाँले स्थानीय तहले सहअस्तित्व र सहकार्य आत्मसाथ गर्न आग्रह गर्नुभयो । ‘संविधानले हाम्रा अधिकारको सूची स्पस्ट तयार गरेता पनि किन हामी अझै अन्योलग्रस्त छौं ?’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले एक अर्कालाई स्वीकार नगर्ने हो भने सरकार सफल नहुनेतर्फ सचेत गराउनुभयो । स्थानीय सरकारले प्रदेश तहबाट गएका योजना कार्यान्वयन गर्न नदिएको गुनासो आएको त्यस्तो व्यवहार त्याग्ना उहाँ आग्रह गर्नुभयो ।

‘संविधानले स्वायत्तता अधिकार दिएको भन्दैमा एक अर्कालाई मान्नै पर्दैन भन्ने त हैन नि ?’ उहाँले प्रश्न गर्नुभयो, ‘स्थानीय तहले कानुन बनाउँछ तर प्रदेश सरकारलाई थाहा हुँदैन, स्थानीय तहले प्रदेश सरकारलाई केहि आर्थिक बुझाउनुपर्छ भन्ने छ तर स्थानीय सरकारलाई वास्ता छैन, यसरी कसरी विकास हुन्छ, कसरी सरकारबीच सहकार्य हुन्छ ?’ सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई कुनै पनि हालतमा कमजोर बनाउन नदिन आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

दुईदिन सम्म चल्ने बैठकमा संघियताको सवलीकरणका लागि स्थानीय तह र प्रदेशबीच नीतिगत तथा कार्यगत सम्बन्ध र रणनीतिगत साझेदारीका बिषयमा प्रस्तुतिकरण, बालविवाह मुक्त प्रदेश घोषणा अभियान, प्रदेश तहले स्थानीय तहको लागि बनाउनुपर्ने कानुनको पालनाका बारेमा सुझाव सहित कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । बैठकमा प्रदेशका १ सय १९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…