छोरीको हत्या गरी शौचालयमा शव फाल्ने आमाको पहिचान

रञ्जन भण्डारी
महोत्तरी । छाेरीकाे हत्या गरी शाैचालयमा शव फाल्ने महिलाकाे पहिचान भएकाे छ । आईवार जलेश्वर अस्पतालमा एक शिसुको शव शौचालयमा भेटिएको थियो ।

सम्बन्धित समाचारः  छोरीको हत्या, शाैचालयमा शव भेटियाे

आफूले गर्भ पहिचान गरी पतन नगरी अध्याधिक रक्तश्रावका कारण आफै गर्भपतन भएको महिलाकाे भनाइ छ ।

दुई छोरीका आमा रहेकी ति महिलाले प्रहरीको बयानमा भनिन्,‘अध्याधिक रक्तश्राव हुन थालेपछि अस्पताल पुगेर उपचार गराउने क्रममा गर्भपतन भएको हो ।’ शिसुको शवको पोष्टमार्टमको रिपोर्ट र महिलाको बयानमा भिन्नता देखिए अनुसन्धान अगाडि बढाइने तथा मृत शिसुको शव आफ्नो भएको बयान महिलाले दिएकीले डिएनए परिक्षण आवश्यक नभएको प्रहरीको भनाइ छ ।

यस्तो छ महिलाको बयानः
आफू, श्रीमान र दुई छोरी सन्तानसँगै बस्दै आएकि छु । घर निर्माणको चरणमा रहेकाले घर बनाउन प्रयोग हुने इट्टा आफैले व्यवस्थित गर्न थाल्दा रातिदेखि अचानक रक्तश्राव हुन थालेको थियो । पीडा कम नभएपछि बिहानै ४ बजेतिर आफन्तहरुसँग जलेश्वर अस्पताल पुगेँ । उपचारकै क्रममा करिब १२ बजे पिसाव फेर्न शौचालयमा गएँ र पिसाव फेर्दै गर्दा अचानक बच्चा पतन भयो । पछि बच्चा त्यहीँ छोडेर एक नर्सलाई जानकारी गराएर घर आएँ ।

यसो भन्छिन् ड्युटी नर्सः

शनिवार बिहान करिब आठ बजे ड्युटी आएकि एक नर्सले आफू अस्पताल पुग्दा महिला पहिलेदेखि नै त्यहाँ रहेको र आफूले इन्ट्रि गरेको बताउँछिन् । आफूले महिलालाई रक्तश्रावसँगै केही झरेको  छ भनेर सोध्दा उनले कुनै केही नझरेको बताएको नर्सको भनाइ छ । अस्पतालकै शौचालयमा कतिबेला बच्चा पतन भएर छोडिन् थाहा नभएको र आफू ड्युटी सकेर गईसकेपछिको अवस्थाका बारेमा कुनै जानकरी नभएको ति नर्सले बनताइन् ।

अस्पतालका अन्य कर्मचारी भने ति महिला साँझ ६ः३० मा डिस्चार्ज पनि नभइ र कसैलाई पनि जानकारी नदिई आफूखुसी हिडेको बताउँछन् ।

आईतावार शिसुको शव शौचालयमा भेटिँदा कसले यस्तो गरेको हो थाहा नभएको प्रतिकृया आएका थियो । अस्पतालका कर्मचारीले केही थाहा नभएको बताएपनि महिला पत्ता लगाई अनुसन्धानका क्रममा घटनाको जानकारी आएको थियो ।

घटनास्थलमा शिसुको शवका साथ पञ्जा, गज र कपडा भेटिनुले घटना शंकास्पद भएको र लिङ्ग पहिचान गरी गर्भपतन गरेको हुन सक्ने प्रहरीको भनाइ छ । महिलाले दिएको बयानका आधारमा अपरिपक्व भ्रुण हुनु पर्नेमा शवको तस्विर हेर्दा ६ महिना भन्दा बढीको हुनु पर्ने चिकित्सकको भनाइ छ ।

घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल विद्यार्थी संघ जलेश्वरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञपानपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…