अख्तियारद्वारा हज हवाई टिकटमा १० जनालाई मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले हज समितिका अध्यक्ष मोहम्मद शोऐबसहित पदाधिकारीहरु अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल तथा लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरुद्ध बुधबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

हज समितिका पदाधिकारीहरुले सस्तो हवाई भडालाई मंहंगा दर दरमा बोलपत्र आव्हान गरी अनियमिता गरेको अख्तियारको ठहर छ । समितिले २०७४ सालमा हज गर्न जानेहरुको लागि हजाई भाडा बोलपत्र आव्हान गरेको थियो । त्यसमा प्रतिव्यक्ति ८८,९९५। ९०,०००। र ९५,३००। रूपैयाँ  टेण्डर परेको थियो । समितिले परेको टण्डर मध्ये सबै भन्दा बढी दर भएको बोलपत्र स्वीकृत गरेको थियो । समितिका पदाधिकारीले सबै भन्दा बढी रकमको बोलपत्र स्वीकृत गरेर अनियमिता गरेको अख्तियारले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।