पुरानाे मेडिकल कलेजमा कजेलाे प्रत्याराेपण पुनः शुरू

चितवन । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समय पछि मिर्गौला प्रत्यारोपण भएको छ । करिब चार वर्ष अघि नै लाइसेन्स् पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो ।

सोमवार प्राडा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर-६  का ५४ वर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ वर्षीय आफ्ना भान्जा रिजनवीर जोशीले मिर्गौला दिएका हुन् । ‘७२ घण्टा भयो, प्रत्यारोपण भएकाे बतासको स्वास्थ्य सुधारोन्मुख छ, हामी खुशी छौं,’ डा बर्माले भने ।

प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा. प्रविण जोशी, डा. सुदीपराज केसी, डा. भुषण तिमल्सेना, डा. माधव घिमिरे, डा. वीरेन्द्र यादव लगायतको टोली खटिएको डा. बर्माले बताए ।

याे प्रत्यारोपण पछि उत्साहित भएका डा. बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने दावी गरे । उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामा निरन्तरता दिने बताए । ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा बर्माले भने ।

यसअघि उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । भरतपुरमा पनि कलेजो प्रत्यारोपणकाे तयारी भएको डा.बर्माकाे भनाइ छ ।

हाम्रो टोली देशभर फिजिदैछः डा पुकारचन्द्र श्रेष्ठ

प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उपत्यका बाहिर प्रत्यारोपण शुरु हुनु राम्रो कुरा भएको बताए । उनले आफ्नो अस्पतालको टोली गएर पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुशी व्यक्त गरे ।

‘पुरानो मेडिकल कलेजमा अस्ति भएको प्रत्यारोपणमा डा. बर्मासहित अधिकांश डाक्टर हामीकहाँ ट्रेन्ड भएकाहरु नै हुनुहुन्छ । अब सुमेरु अस्पतालमा पनि हामीकहाँ ट्रेन्ड भएका डाक्टरहरु जानु भएको छ । त्यसैले प्रत्यारोपण केन्द्रमा काम सिकेर सेवा विस्तार गर्नुहुन्छ भने हामीले त्यसलाई अन्यथा लिने कुरा पनि भएन,’ डा. श्रेष्ठले भने ।

प्रत्यारोपण केन्द्र एकेडेमी जस्तो भएको डा. श्रेष्ठकाे भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।