Nic

‘पूँजी परिचालन र सुशासनमा जोड’

ललितपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकभित्रै रहेको पूँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिनुभएको छ ।

प्रवक्ता श्रेष्ठले पूँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।

बुधबार ललितपुरमा सानो पाईला नामक संस्थाले सञ्चालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै श्रेष्ठले वैदेशिक लगानी मात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच सही नभएको विचार व्यक्त गर्नुभयो । प्रवक्ता श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन युवाहरुलाई पनि आह्वान गर्नुभयो ।

प्रवक्ता श्रेष्ठले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने पनि दोहोर्याउनु भयो । व्यापारलाई समाज सेवाको अङ्गको रुपमा विकास गर्नुपर्ने नेता श्रेष्ठकाे भनाइ थियाे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश सरकारले प्रहरीलाई कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ वटा मोटरसाइकल दिएको हो ।

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…