हावाहुरी र चट्याङका कारण भीषण आगलागी, ३८ घर जले

बाँके । हावाहुरी र चट्याङका कारण विभिन्न स्थानमा आगलागी भएको छ ।

डुडुवा गाउँपालिका–१, छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण ३८ घर जलेर नष्ट भएका छन् ।

आगलागीमा १५ वर्षीय स्थानीय नन्कै यादव घाइते भएकी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् । घाइते यादवलाई उपचारका लागि सीमावर्ती भारतीय अस्पताल लगिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीकाे भनाइ छ ।

हावाहुरी चलिरहेकै समयमा चट्याङ परेपछि रामखेलावन यादवको घरबाट आगलागी शुरु भएको थियो । आगलागीका कारण अन्न, लताकपडा जलेर नष्ट भएका छन् । क्षति भएका परिवारका लागि प्रतिव्यक्ति २५ सय नगदका साथै केही लताकपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलको भनाइ छ ।

आगलागीबाट ३८ घरमा क्षति भइ नगद, जिन्सी तथा अन्नबाली जलेर ३१ लाख ३७ हजार पाँच सय बराबरको क्षति भएको जनाइएको छ ।

गाउँमा आगलागीको घटना जानकारी हुनुसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीबाट खटिएको टोलीले आगो निभाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…