Nic

प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । चौथो संस्करण प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिताको ट्रफी, खेल तालिका र जर्सी सार्वजनिक गरिएको छ ।

दोस्रो पटक राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको व्यवस्थापनकाे जिम्मेवारी पाएको महाकाली स्पोर्ट्स सोसाइटीले ट्रफी, जर्सी र खेल तालिका सार्वजनिक गरेको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिताको मिति दोस्रो पटक सरेको समेत जानकारी गराएको हो ।

यसअघि जेठ २८ गते हुने भनिएको प्रतियोगिता विभिन्न प्राविधिक समस्याका कारण प्रतियोगिताको मिति सरेर असार ४ गते पुगेको समेत जानकारी गराएका छन् ।

राजधानीबाट दुर महेन्द्रनगरमा प्रतियोगिता आयोजना गर्न अत्यन्तै कठिन भएपनि प्रतियोगितालाई सभ्य र भब्य तरिकाले गर्न कुनै कसुर बाँकी नराख्ने महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी गराउनु भएको छ ।

राष्ट्रिय प्रतियोगिता जस्तो गरिमामय प्रतियोगिता कञ्चनपुरमा गर्न पाउँदा हामी अत्यन्तै खुशी भएका छौँ । साथै कञ्चनपुरका क्रिकेट प्रेमीहरु पनि प्रतियोगितालाई लिएर एकदमै खुसी भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका निर्देशक निरज मगरले जानकारी गराएका थिए ।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रमुख प्रायोजकका रूपमा जोडिन पाउँदा अत्यन्तै हर्षित् भएको मिराई एजुकेसन एण्ड भिजा सर्भिसेजका अष्ट्रेलिया प्रतिनिधि पुकार घिमिरेले बताए ।

पत्रकार सम्मेलनका दौरान राष्ट्रिय महिला टोलिकी उप कप्तान सीता रानामगर क्रिकेट प्रशिक्षक जगत टमटा, मिराई एजुकेसनका प्रतिनिधि पुकार घिमिरे, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सैलेश कर्माचार्य र महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले सयुक्तरूपमा जर्सी र ट्रफी सार्वजनिक गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा कञ्चनपुरको क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

विगत ३ वर्षदेखि अभिभावक सस्था नेपाल क्रिकेट संघ नभएको बेला महिला प्रतियोगिताका नाममा कुनै पनि प्रतियोगिता नभईरहेका बेला राष्ट्रिय खेलकुद परिषदले महिला क्रिकेटरको स्तरलाई माथी पुर्याउन यो प्रतियोगिता आयोजना गरिदिकोमा धन्यवाद व्यक्त गर्नुभएको थियोे ।
पहिलोपटक महिला क्रिकेट कप टेलिभिजनमा लाइभ आउने भएपछि महिला राष्ट्रिय टोलिकी उप कप्तानले खुसी व्यक्त गर्नुभएको थियाे ।

वर्तमान समयमा कुनै पनि महिला क्रिकेट प्रतियोगिताहरु नभइरहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिता आयोजना गर्नु खुसीको कुरा भएको राष्ट्रिय टोलिका प्रशिक्षक जगत टमटाले बताए ।

११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलिको सहभागीता रहने छ भने प्रतियोगिताको विजेताले ५ लाख, उपविजेता टोलिले ३ लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको वोमन अफ द सिरिजले ३० हजार, बेष्ट ब्याट्सवोमन र बलरले समान १५ हजार र वोमन अफ द म्याचले २५ सय नगत रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउने भएका छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा अष्ट्रेलियाको मिराई एजुकेसन एण्ड भिजा सर्भेज र सपोटेर्डका रूपमा एनसेल प्राइभेट लिमिटेड रहेको आयोजकले जनाएका छन् । प्रतियोगिता आयोजना गर्न ८८ लाख रुपैयाँ लाग्ने महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगितामा सहभागी ८ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समूह ए मा विभाजित टोली शसस्त्र प्रहरी बलको एपीएफ, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ रहेको छ त्यस्तै समूह बि मा प्रदेश १, २, प्रदेश ३, र कर्णाली प्रदेश रहेका छन् ।

प्रतियोगिताको पहिलो उद्घाटन खेल सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशका बीच हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।